Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह

प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    आयोगले यही कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय निर्धारण गरेको थियो । प्रधानमन्त्री कार्कीको आग्रहपछि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पाँच दिन थप्न सकारात्मक रहेको जवाफ दिएका छन् ।

    राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि ‘अनलाइन’बाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । यसैबीच प्रधानमन्त्री कार्कीले ‘इन्टरनेट सर्भर’मा देखिएको समस्याका विषयमा पनि आयोगसँग चासो व्यक्त गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij