Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज देशभर मौसम सामान्यतः स्थिर रहने छ। बिहान ८ बजे सार्वजनिक गरिएको विवरणमा देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएकाले अधिकांश स्थानमा सफा मौसम रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा मात्र आंशिक बदली रहने सम्भावना छ। देशका अन्य प्रदेश तथा भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij