Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई भेट्न पुगेका केही मान्छेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईँलाई पक्राउ गरिएको विरोध गर्दै केही व्यक्तिहरु उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।
उनीहरु विभिन्न बहानामा त्यहाँ पुगेको भन्दै सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराले जानकारी दिए । भट्टराईका अनुसार कोही चालक, कोही सहयोगी, कोही आफन्त, कोही सुभचिन्तक भन्दै भेट्न पुगेका थिए ।
निरन्तर सरकारमा सामेल र अन्य व्यक्तिहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सरकारले प्रसाईँलाई पक्राउ गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij