Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको लागि ८ बुँदे मापदण्ड तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पुसको पुस २६(२८ मा महाधिवेशन गर्ने निर्णय गर्दै नयाँ क्रियाशील सदस्यता वितरणको मापदण्ड तय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।
उनका अनुसार यस्ता छन् मापदण्ड-
१. नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४ को उपधारा ९१० र ९३० बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्ने । कुनै पनि पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने ।
२. प्रतिनिधि सभाको क्षेत्रमा पार्टीको १४ औँ महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य सङ्ख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधि सभा क्षेत्रलाई केन्द्रले उपलब्ध गराउनेछ ।
३. यसका अतिरिक्त वडाको जनसङ्ख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकता अनुसार माग भए बमोजिम सदस्यता वितरण गर्न सक्ने गरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने ।
४. वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिमको जनसङ्ख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिकरसमावेशी प्रतिनिधित्वलाई ध्यान दिने ।
५. नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३५ वर्षका युवाहरूको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिई वितरण गर्नु पर्ने ।
६. समाजमा विभिन्न पेशागत बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनु पर्ने ।
७. निर्वाचनका समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रमहरूमा सक्रियतापूर्वक भएका व्यक्तिहरू, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया लगायत सामाजिक कार्यमा सक्रिय रहेका व्यक्तिहरूलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक सहभागी भएका व्यक्तिहरू र पार्टी वा भ्रातृ सङ्घको माध्यमबाट विकास निर्माण र अन्य राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रूपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने ।
८. राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाट नेपाली कांग्रेस प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रूपमा कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij