Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौं महानगर–३२ पेप्सीकोलामा रहेको सलिना खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो खाजा घरका सञ्चालक, काभ्रे पाँचखाल–१३ का ५० वर्षीय रकम तामाङ पनि पक्राउ परेका छन् ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट गएको टोलीले उनीहरूबाट १ लाख १ हजार ५ सय ३० रुपैयाँ नगद र चार बुक तास बरामद गरेको जनाएको छ । अहिले घटना सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएकामा प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij