Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने

कांग्रेसले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने

  • काठमाडौं । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको लागि अहिले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीयमा तहमा बहाल रहेका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी मातहतका कमिटीलाई पठाएको सर्कुलरमा सो कुरा उल्लेख छ । अन्तरपार्टी लोकतन्त्रलाई बलियो बनाउन र नयाँ अनुहारलाई स्थान दिन उम्मेदवार चयनमा यस्तो मापदण्ड बनाएको कांग्रेसले जनाएको छ ।

    AGNI GROUP

    ०७९ को प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीमा समावेश भएका उम्मेदवारसमेत आगामी निर्वाचनमा लड्न पाउने छैनन् ।

    कांग्रेसले समावेशीको सिद्धान्तलाई अबलम्बन गरेर मात्र उम्मेदवार सिफारिस गर्न पनि निर्देशन दिएको छ । नाम सिफारिस गर्दा एक जना महिला अनिवार्य हुनुपर्ने पनि परिपत्रमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij