Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

यातायात विभागलाई १०५६ थान लाइसेन्स हस्तान्तरण

यातायात विभागलाई १०५६ थान लाइसेन्स हस्तान्तरण

  • काठमाडौं । लाइसेन्स छपाइ जिम्मा पाएको मुद्रण विभाग (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले यातायात व्यवस्था विभागलाई दोस्रो लटमा १०५६ लाइसेन्स हस्तान्तरण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सुरक्षण मुद्रण केन्द्रले मंसिर ११ सम्म छापेका लाइसेन्स दोस्रो चरणमा व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो । यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा विभागलाई पहिलो पटक ५२० थान लाइसेन्स हस्तान्तरण गरेको थियो ।

    AGNI GROUP

    क्यूआर कोडसहितको लाइसेन्स परीक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाइसेन्स हस्तान्तरण गरेका हुन् ।

    लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ मा सम्झौता भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij