Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

४८० लाइसेन्स छापियो, यातायात विभागको पेजमा सार्वजनिक

४८० लाइसेन्स छापियो, यातायात विभागको पेजमा सार्वजनिक

  • काठमाडौँ । यातायात व्यवस्था विभागले ४८० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । सोमबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत छापिएका लाइसेन्सबारे जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी हुँदा लाइसेन्स प्रिन्टर मेसिनमा क्षति पुगेपछि एक महिनायता सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छापिँदै आएको छ ।  
     
    आगजनीबाट विभागको सर्भरमा समेत क्षति पुगेको थियो । जसकारण लाइसेन्स छापिएपछि एसएमएस मार्फत जानकारी दिने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएकाले फेसबुक पेजमार्फत जानकारी दिइएको विभागले जनाएको छ । 

    AGNI GROUP

    सवारीचालक अनुमतिपत्र आवश्यक परेमा भौतिक रुपमा तथा अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था छ । सोही अनुसार अहिले अत्यावश्यक सवारी लाइसेन्सको फारम भरेपछि मात्रै विभागले लाइसेन्स छापिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij