Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । नेकपा एमालेको निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुँदा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा राखिएको छ ।
यसअघि पन्तले उपाध्यक्षमा ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएको बताइएको थियो । तर, मंगलबार ओली पक्षले प्यानलको सूची प्रतिनिधिहरुलाई पठाउँदा पन्तको नाम राखिएको छ ।
यस्तै सोमबार स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ । सुहाङ स्वर्गीय नेता सुवास नेम्वाङका छोरा हुन् । एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij