Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एमाले महाधिवेशन- दुवै प्यानलमा परे यी ४७ केन्द्रीय सदस्यका उम्मेदवार

एमाले महाधिवेशन- दुवै प्यानलमा परे यी ४७ केन्द्रीय सदस्यका उम्मेदवार

  • काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वको लागि केपी ओली ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा छन् ।

    onlinepatrika
    Arghakhachi

    अहिले नयाँ नेतृत्वका लागि मतदान जारी छ । प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको भए पनि ४७ केन्द्रीय सदस्यका उम्मेदवारलाई दुवै पक्षले साझा बनाएका छन् ।

    AGNI GROUP

    पदाधिकारी उम्मेदवार भएका बाहेक नै केन्द्रीय सदस्यमा ४७ उम्मेदवारलाई दुवै पक्षले समेटेका छन् त्यही अन्तिम लिस्ट बोकेर अहिले नेताहरू प्रतिनिधिलाई भोट भागिरहेका छन् ।

    पोखरेल समूहरूले भने अध्यक्षमा प्रतिस्पर्धा गरेको केपी ओलीसमेत आफ्नो समूहको केन्द्रीय सदस्यको लिस्टमा अटाएको छ । यद्यपि, ओली पक्षले भने पोखरेलको नाम आफ्नो आफू पक्षको केन्द्रीय सदस्यको लिस्टमा समेत राखेको छैन ।

    पोखरेल पक्षको उम्मेदवारको सूची हेर्दा पदाधिकारी जित्ने रणनीतिमा केन्द्रित भएको देखिएको छ । सदस्यसम्म प्यानल बनाउँदा पदाधिकारीमा कम मत आउने र आफ्नो प्यानल मत कम भएकाले भोट क्रस गराउने रणनीतिमा पोखरेल पक्ष केन्द्रित भएको छ ।

    त्यसैले पदाधिकारीमा ओली प्यानलबाट असन्तुष्ट भएर आएका नेतालाई समेत समेटेको ईश्वर पक्षले केन्द्रीय सदस्यमा भने ओली पक्षमै रहेका अधिकांशलाई समेटेको छ। केही नयाँ र प्रभावशाली युवाहरूबाहेक अधिकांश सदस्य उम्मेदवार ओली पक्षमै रहेकाहरूलाई राखिएको छ ।

    -04157e80-2f49-4b3d-a389-808549218e70.png
    undefined
    m745g3hkcsrme0cv5eh8388fgr.png
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij