Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका छन्।
बिहीबार ललितपुरमा गोरखापत्र संस्थानको आयोजनामा भएको आर्थिकसम्बन्धी सम्वाद कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अर्थमन्त्रको बिकास नभइ देशको बिकास हुन नसक्ने भएकाले आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए।
यादवले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न पनि सरकार र निजी क्षेत्रबीच सहकार्य र आपसी विश्वास आवश्यक रहेको धारणा राखे ।
वर्तमान अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुका साथै आर्थिक बिकासका कामलाई पनि संगसंगै अघि बढाउनु चूनौतिको काम रहेको उनले बताए । जलश्रोत, कृषि र पर्यटन लगाएतका क्षेत्रमा लगानी बढाएमा आर्थिक विकासले गति लिने उनको भनाइ छ ।
उनले पारदर्शीता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेनजी आन्दोलनपनि सबैसंग बहस र छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij