Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नबिल बैंकले जित्यो एक अर्बको मुद्दा

नबिल बैंकले जित्यो एक अर्बको मुद्दा

  • काठमाडौं । चीनको अदालतमा चलेको काउन्टर ग्यारेन्टी सम्बन्धी मुद्दा नबिल बैंकले जितेको छ । माथिल्लो त्रिशूली थ्री–बी जलविद्युत् आयोजनाको ठेक्का सम्झौता तोडिएपछि जमानत जफतको विषयलाई लिएर चिनियाँ निर्माण कम्पनीले दायर गरेको मुद्दा सिचुआनको तल्लो र माथिल्लो दुवै अदालतबाट खारेज भएको हो ।

    onlinepatrika
    Arghakhachi

    निर्माण कार्य समयमै सम्पन्न नगरेपछि आयोजना पक्षले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का तोडेको थियो । सोही क्रममा कम्पनीले राखेको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानी ग्यारेन्टी बराबरको रकम फुकुवा गर्न प्रक्रिया अगाडि बढाइएपछि चिनियाँ कम्पनी अदालत पुगेको थियो। तर अदालतले ठेक्का सम्झौताअनुसार काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्नुपर्ने फैसला सुनाएको छ ।

    AGNI GROUP

    यो फैसलासँगै नबिल बैंकले चाइना एभरब्राइट बैंकमार्फत ७.४५ मिलियन अमेरिकी डलर प्राप्त गर्ने बाटो खुलेको छ। हालको विनिमय दरअनुसार यो रकम करिब १ अर्ब ४ करोड रुपैयाँ बराबर हुन्छ । काउन्टर ग्यारेन्टी रकम भुक्तानीको प्रक्रिया शुरु भइसकेको नबिल बैंकले जनाएको छ ।

    ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–बी आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अघि बढाइएको थियो । तीन वर्षमा निर्माण सक्ने सर्तसहित २०७४ फागुनमा ठेक्का दिइएको भए पनि सम्झौताभन्दा तीन वर्ष ढिलो हुँदासमेत कामले अपेक्षित गति नलिएपछि २०८० मंसिरमा ठेक्का तोडिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij