Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बंगलादेशमा अर्को युवा नेतालाई गोली हानियो

बंगलादेशमा अर्को युवा नेतालाई गोली हानियो

  • काठमाडौँ । आगामी आम चुनाव अगाडि बंगलादेशमा हिंसा बढ्दै गएको छ । शरीफ उस्मान हादीको गोली हानि हत्या गरेपछि अशान्त भएको बंगलादेशमा सोमबार, अज्ञात बन्दुकधारीहरूले अर्का युवा नेतालाई गोली हानेका छन् । यो घटनामा नेता मोतालेब सिकदरलाई गोली हानेका थिए ।

    onlinepatrika
    Arghakhachi

    बंगलादेशको समाचार पोर्टल, द डेली स्टारका अनुसार, मोतालेब सिकदरको टाउकोमा गोली लागेको छ । सिकदरलाई गम्भीर अवस्थामा खुल्ना मेडिकल कलेज अस्पताल लगिएको थियो । विद्यार्थी नेताको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ ।

    AGNI GROUP

    यो आक्रमण यस्तो समयमा भएको हो जब बंगलादेश अझै पनि युवा नेता शरीफ उस्मान हादीको हत्याबाट अशान्त बनिरहेको छ । डिसेम्बर १२ मा ढाकाको विजयनगर क्षेत्रमा चुनाव प्रचार गर्ने क्रममा नकाबधारी आक्रमणकारीहरूले हादीलाई टाउकोमा गोली हानेका थिए । ३२ वर्षीय हादीलाई उपचारको लागि सिंगापुर लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।

    गोलीकाण्डको घटनापछि पार्टीले जारी गरेको विज्ञप्ति अनुसार, मोतालेब सिकदर राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता हुन् र पार्टीको खुलना डिभिजनका प्रमुख हुन्, साथै यसको वर्कर्स फ्रन्टको केन्द्रीय संयोजकको रूपमा पनि काम गरिरहेका छन् ।  रिपोर्ट अनुसार, ४२ वर्षीय सिकदर बंगलादेशमा २००४ को हिंसात्मक विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तित्व थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij