Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले युवा नेता फुर्वा तामाङलाई काठमाडौंका दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । काठमाडौंको ५ र ७ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन स्थानीय पार्टी कमिटीहरूले उनलाई सिफारिस गरेका हुन् ।
युवा आन्दोलनबाट राजनीतिमा अगाडि बढेका तामाङ एमालेबाट नेकपा एस हुँदै एकतामा सामेल भएर नेकपामा आवद्ध भएका हुन् । तत्कालीन नेकपा एसको १० औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा ४० वर्ष उमेर समूहअन्तर्गत निर्वाचित भएका थिए ।
शहरी क्षेत्रमा युवा पुस्ताको नेतृत्वको माग भइरहेको भन्दै पुरानो पुस्ताका नेतालाई अभिभावक मान्दै आफूहरु चुनावमा होमिने तामाङले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij