Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकै मञ्चमा देखिँदैछन् प्रधानमन्त्रीसहित शीर्ष नेता

एकै मञ्चमा देखिँदैछन् प्रधानमन्त्रीसहित शीर्ष नेता

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरू आज एकै मञ्चमा देखिँदैछन्।

    onlinepatrika
    Arghakhachi

    नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्न लागेको सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एकै मञ्चमा देखिन लागेका हुन्। नेपाली कांग्रेसबाट भने महामन्त्री गगन थापा उपस्थित हुने आयोजकले जनाएको छ।

    AGNI GROUP

    महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद गर्न लागेको हो। महासंघ अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र उकास्ने उद्देश्यले यो संवाद राखिएको बताएका छन्।

    संवादमा निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्। संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको  अध्यक्ष  ढकालले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij