Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

  • काठमाडौं । आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो। यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ। 

    onlinepatrika
    Arghakhachi

    दिवसको अवसरमा युवाहरुसँग सम्बन्धित विभिन्न संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गदैछन्। 

    AGNI GROUP

    ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।

    दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। 

    विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij