Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पोखरामा विद्युतका तार भूमिगतको काम ५६ प्रतिशत सकियो

पोखरामा विद्युतका तार भूमिगतको काम ५६ प्रतिशत सकियो

  • काठमाडौं । पोखरा महानगरपालिका क्षेत्रमा हाल नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुडृढिकरण परियोजना अन्तरगत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्रबैंकचोक–शहिदचोक–लेकसाईड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटर सम्मको एरियामा अहिले तीव्र गतिमा यो कार्य भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल विद्युत् प्राधिकरणले गरिरहेको उक्त योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउने र पोखरालाई पोल तथा ताररहित बनाउने सन्दर्भमा सम्बन्धित सेवा प्रदायकहरूसँग नगर प्रमुख धनराज आचार्यले छलफल गरेका छन् । छलफलमा क्रममा करिब पोखरा महानगरपालिकाको २३ किमी क्षेत्रमा तार भूमिगत गर्ने प्राधिकरणको अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेट समेतलाई भूमिगत गर्ने सम्भावनाका विषयमा छलफल भएको छ ।

    AGNI GROUP

    सो क्रममा नगर प्रमुख आचार्यले सेवा प्रदायकहरुलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न सुझाव दिएका छन् । पोखराको सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रतिकुल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएको भन्दै प्राधिकरणको उक्त योजनामा सामेल भई पोखरालाई ताररहित बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे । साथै बिजुली लगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तारहरू तत्काल हटाउन समेत निर्देशन दिए ।

    यसका लागि आवश्यक सहयोग गर्न पोखरा महानगरपालिका तयार रहेको उल्लेख गर्दै उहाँले एक महिना भित्र नहटाए महानगरपालिका आफैले हटाउने समेत बताए । प्रमुख आचार्यले एक महिनाको अवधि सम्म एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न समेत निर्देशन दिएका छन् । जुलाई २०२६ सम्म सम्पन्न गर्ने गरी पोखरा महानगर क्षेत्रको २३ किमी मध्ये ५६ प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij