Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

हर्क साम्पाङले चुनाव लड्ने

हर्क साम्पाङले चुनाव लड्ने

  • काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ साम्पाङले लेखेका छन् ।

    AGNI GROUP

    २०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् ।

    पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी–१ बाटै चुनाव लड्ने बताएका छन् । यो क्षेत्रमा धरान उपमहानगर सहित बाराह क्षेत्रका केही र रामधुनीका एउटा वडा पर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij