Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

  • ललितपुर । ललितपुरमा ८३ वर्षीय वृद्ध गर्जमान थापाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । मृतकको शव बोरामा राखेर इनारमा फालेको अवस्थामा भेटिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, वृद्ध शुक्रवारदेखि हराएका थिए र प्रहरीमा खोजीको खबर आएको थियो । सोमबार ललितपुरकै किष्ट अस्पताल नजिकैको इनारमा शव भेटिएको हो ।

    AGNI GROUP

    हत्या अनुसन्धानको प्रारम्भिक निष्कर्षअनुसार बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको हुनाले हत्या नै भएको ठहर गरिएको छ । घटना सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    वृद्ध थापा इलाम घर भएका थिए र ललितपुर महानगरपालिका–१७, प्रसिद्ध टोलमा बस्दै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij