Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

  • काठमाडौं । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ ।

    onlinepatrika
    Arghakhachi

    सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदानस्थल अतिसंवेदनशील सूचीमा राखेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । एक सय मतदानस्थल संवेदनशीलको सूचीमा रहेका र बाँकी २५ मतदानस्थल सामान्य सूचीमा रहेको प्रजिअ भुसालले जानकारी दिए । रौतहट क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदानस्थल रहेका छन् ।

    AGNI GROUP

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा पाँच सय ४१ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दुई सय ७६ मतदानस्थल कायम रहेकामा यस वर्ष एउटा स्थल थप गरिएको हो । गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

    यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार एक सय ५६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६११ मतदाता रहेका छन् । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चार लाख १५ हजार ४५५ मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij