Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागिरहेको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भू-भागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ ।
राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij