Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनेको मधेस सभा नहुने भएको छ।
सभापति गगन थापासहितका नेताहरू माघ ११ गते मधेस जाने र १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय थियो।
तर निर्वाचन आचारसंहिता लागू भइसकेको र फागुन ४ अघि उम्मेदवारहरूले प्रचारप्रसार तथा कुनै पनि सभा जुलुस गर्न नपाउने निर्वाचन आयोगले बताएपछि कांग्रेसले मधेस सभाको मिति सारेको हो।
प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि आयोगले आचारसंहिता लागू गरेको थियो। मनोनयन दर्ता माघ ६ गते भएको थियो।
मधेस सभाको अर्को मिति छलफल गरी तय गरिने कांग्रेसका एक नेताले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij