Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले काम थालेको २ हप्ता पुगेपनि कांग्रेसको वेबसाइटले भने अझै शेरबहादुर देउवालाई नै सभापतिका रुपमा प्रस्तुत गरेको छ ।
कांग्रेसको इमेल र फेसबुक पेज विशेष महाधिवेशन पक्षधरले प्रयोग गर्न थालिसकेपनि वेबसाइटमा भने सभापतिका रुपमा देउवाको सन्देश अझै यथावत छ ।
कांग्रेसको वेबसाइटमा प्रवक्ता देवराज चालिसेका विज्ञप्ती प्रकाशन हुन थालिसकेका छन् तर सभापतिको नाम र सन्देश भने अझै अद्यावधिक गरिएको छैन । कांग्रेस वेबसाइटको शीर्ष पृष्ठमै सभापतिका रुपमा देउवाको पूर्ण कदको तस्वीर र सन्देश यथावत छ ।
केन्द्रीय कार्यसमितिको पूरानो विवरण हटाइएको छ तर नयाँ समितिको सूची राखिएको छैन । कांग्रेस केन्द्रीय कार्यालय स्रोतले वेबसाइट अद्यावधिक गर्न निर्देशन दिएको भएपनि अझै केही काम बाँकी रहेको जनाएको छ ।
निर्वाचन आयोगले आधिकारिता दिएपछि सभापति गगन थापाले सानेपा पुगेरै पदभार ग्रहणसमेत गरिसकेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij