Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आफूलाई अभियन्ता बताउने युवराज सफल भन्ने युवराज पौडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो ।
महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयमाथि विभिन्न आरोप लगाउँदै तथ्यहीन अन्तर्वार्ता दिइ भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद समेत थप गरिएको छ ।
आफूलाई अभियन्ता बताउने युवराज सफलले लामो समयदेखि सामाजिक सञ्जालमा भ्रामक टिप्पणीहरु गर्दै आइरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij