Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने

  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।

    AGNI GROUP

    विभागले आज सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती , मधेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । साथै लुम्बिनी, र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गको पनि सम्भावना रहेको छ ।

    त्यस्तै आज राती देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij