Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चुनावमा क्यूआर कोडबाट चन्दा, बालबालिका प्रयोग रोक्न आयोगको चेतावनी

चुनावमा क्यूआर कोडबाट चन्दा, बालबालिका प्रयोग रोक्न आयोगको चेतावनी

  • काठमाडौं । चिल्ड्रेन भिजन नेपालले निर्वाचनका क्रममा देखिएका सामाजिक सञ्जालमार्फत फोटो, व्यक्तिगत बैंक विवरण तथा क्यूआर कोडमार्फत चन्दा संकलन र बालबालिकाको प्रयोगबारे आयोगको ध्यानाकर्षण गराएको छ ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष रमेश सिलवालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर यस्तो गतिविधि डिजिटल आधुनिकता जस्तो देखिए पनि दीर्घकालीन रूपमा लोकतन्त्र, राजनीतिक नैतिकता र जनविश्वासका लागि घातक हुन सक्ने भन्दै सचेत गराएका छन् ।

    AGNI GROUP

    राजनीति सेवा र त्यागमा आधारित हुनुपर्ने भए पनि आर्थिक संकलनको माध्यम बन्दै गएको स्पष्ट नीति, नियम र निगरानी नहुँदा पैसामुखी राजनीति र डिजिटल दुरुपयोग बढ्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

    पछिल्लो समय बालबालिकालाई जुलुसमा सहभागी गराउने, नारा लगाउन बाध्य पार्ने, प्रचार सामग्री बोकाउने तथा भिडिओ र सामाजिक सञ्जाल सामग्रीमा बालबालिकालाई प्रयोग गर्ने घटना भइरहेकामा संस्थाले चिन्ता जनाएको छ ।

    नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय बालअधिकारसम्बन्धी महासन्धिले बालबालिकालाई राजनीतिक दुरुपयोगबाट जोगाउने स्पष्ट व्यवस्था गरेको सिलवालले सम्झाएका छन् ।

    यसमा निर्वाचन आयोगले कडा निगरानी, स्पष्ट निर्देशन र कारबाही गर्नुपर्ने उनको माग छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij