Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

काठमाडौँ र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक छः बालेन

काठमाडौँ र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक छः बालेन

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ का सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिएका छन् । झापा-५ का उम्मेदवार समेत रहेका बालेनले सो स्थानका स्थानीयहरुसँग संवाद गर्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने बताए ।

    onlinepatrika
    Arghakhachi

    बालेनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको बताए । सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने उनको भनाई छ ।

    AGNI GROUP

    सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा पाउने प्रथाको अन्त्य हुनुपर्ने बतउदै उनले वास्तविक सुकुम्वासीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए ।

    भूमि आयोगलाई निष्पक्ष बनाएर वास्तविक पीडितले मात्र पुर्जा पाउने व्यवस्था मिलाइने उनको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij