Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पाशुपत क्षेत्रमा तयारी तीव्र बनाइएको छ। पशुपतिलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ ।
पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतका क्षेत्रमा रंगरोगनको काम सुरु भएको छ ।
पशुपति विकास कोषले गत वर्ष झै यस वर्षपनि शिवरात्रि नजिकिएसँगै रंगरोगन तथा मर्मतको कामलाई तीव्रता दिएको हो । हरेक वर्ष महाशिवरात्रिकाे लागि हजाराैं दर्शनार्थीहरु देश विदेशबाट दर्शन गर्न आउने गर्दछ । पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भएकाे छ ।





© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij