Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हतियार देखाएर सानो भर्‍याङबाट मोटरसाइकल लुट्ने २ जना समातिए

हतियार देखाएर सानो भर्‍याङबाट मोटरसाइकल लुट्ने २ जना समातिए

  • काठमाडौं । धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा रामेछाप घर भइ काठमाडौं, नागार्जुन नगरपालिका ३ ठुलोभर्‍याङ बस्ने १९ वर्षीय अनिस सोनाम र रसुवा धुन्चे घर भइ काठमाडौं, नागार्जुन नगरपालिका २ सानोभर्‍याङ बस्ने १८ वर्षीय राजन तामाङ रहेका छन् ।

    AGNI GROUP

    आइतबार राति ११ बजे सानो भर्‍याङस्थित आर्मी मेडिकल कलेज नजिकै सडक खण्डमा एक व्यक्तिले चलाइरहेको बागमती प्रदेश ०२-०२६ प ५३१० नम्बरको मोटरसाइकललाई पैदल आएका दुई जना व्यक्तिहरूले रोकी धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिई उक्त मोटरसाइकल लिइ फरार भएका थिए ।

    पीडितले उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त लुटिएको मोटरसाइकलसहित जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका २ तीनघरे बाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

    उनीहरुलाई डाँका चोरी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij