Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतबाट फर्कने नेपालीलाई सहजीकरण गर्न गृह मन्त्रालयको निर्देशन

भारतबाट फर्कने नेपालीलाई सहजीकरण गर्न गृह मन्त्रालयको निर्देशन

  • काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि भारतबाट स्वदेश फर्कने नेपाली नागरिकलाई सीमानाकामा सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै मन्त्रालयले छिमेकी देशका समकक्षीसँग समन्वय बढाई आवागमनलाई सहज बनाउन निर्देशन दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    भारतमा रोजगारी गर्दै आएका नेपाली मतदानका लागि स्थलमार्ग हुँदै ठुलो संख्यामा स्वदेश फर्कने अनुमान गृह मन्त्रालयले गरेको छ । सीमा क्षेत्रमा चोरी, ठगी तथा लुटपाटका घटना हुन सक्ने तथा चेकजाँचको बहानामा अनावश्यक सास्ती खेप्नुपर्ने सम्भावना रहेकाले उनीहरूको सुरक्षा र सम्मानमा विशेष ध्यान दिन मन्त्रालयले निर्देशन दिएको छ ।

    AGNI GROUP

    गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्यका अनुसार सीमावर्ती जिल्लाका स्थानीय प्रशासनले आवश्यकताअनुसार छिमेकी देशका समकक्षीसँग बैठक तथा छलफल गरी आवागमनलाई सहज बनाउने गरी समन्वय गर्नुपर्नेछ । ‘निर्वाचनमा सहभागी हुन स्वदेश फर्कने नेपाली नागरिकलाई नाकामा कुनै दुःख नहोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भनिन् ।

    सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाई पनि प्रधान कार्यालयले स्वदेश फर्कने मतदातालाई सहजीकरण गर्न निर्देशन दिएको छ । निर्वाचनको ४८ घण्टाअघिदेखि सीमानाका बन्द हुने प्रावधान रहेकाले भारतीय समकक्षीसँग समन्वय गरी परिचयपत्रका आधारमा नेपाली नागरिकलाई स्वदेश प्रवेश गर्न दिन निर्देशन दिइएको एक उच्च सशस्त्र प्रहरी अधिकारीले बताए ।सीमानाकामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)बाट नेपाली नागरिकले कहिलेकाहीँ अपमानजनक व्यवहार भोग्नुपर्ने गुनासा आउने गरेका छन् । साथै केही आपराधिक समूहबाट लुटपाट तथा ठगीका घटना हुने जोखिम रहेकाले सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन पनि निर्देशन दिइएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij