Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

‘ग्लोबल मनी विक’ मनाउने तयारीमा राष्ट्र बैंक

‘ग्लोबल मनी विक’ मनाउने तयारीमा राष्ट्र बैंक

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक मनाउने तयारी थालेको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ राष्ट्र बैंकले आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८ गतेसम्म) ग्लोबल मनी विक मनाउन लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्र बैंकका अनुसार बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ ।

    AGNI GROUP

    यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

    नेपालमा यस वर्ष पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाउँदै छ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहने राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij