Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकरी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भैरहेको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहको छ ।

    AGNI GROUP

    आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा  बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग सहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij