Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज झापा नपुग्ने भएका छन् । बिहान उनलाई लिएर झापा हिँडेको हेलिकोप्टर सुरक्षा चुनौति देखाइएपछि बीचबाटै फर्काइएको थियो ।
बालेनको सचिवालयका अनुसार उनी आज काठमाडौंमै रहने छन् । भोलि बिहान झापा जाने कार्यक्रम तय भएको बालेनका निकट सहयोगी कुमार बेनले जानकारी दिए । बेनका अनुसार केबाट जाने भन्ने निधो भइसकेको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij