Jun 04 2026 | २०८३, जेठ २१ गते
विराटनगर । सुनसरी १ मा ११ बजेबाट मतगणना हुने भएको छ ।
अहिले सम्पन्न सर्वदलिय बैठकले ११ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका हर्क साम्पाङ उम्मेदवार रहेका छन् ।
यस्तै सो क्षेत्रबाट एमालेले टिका मांलेनलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट रास्वपाका तर्फबाट गोमा तामाङ सरिन नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मनोज भट्टराई र कांग्रेसका सुजेन्द्र तामांग उम्मेदवार बनेका छन् ।
श्रम संस्कृति पार्टीले हर्क सम्पाङलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij