Jun 04 2026 | २०८३, जेठ २१ गते
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । खैरहनीबाट भरतपुरतर्फ जाँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल लोड तेल ट्याङ्करले भित्री बाटोबाट मुख्य सडकमा निस्किँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–७ निवासी ५३ वर्षीय पुर्ण सापकोटा सकुशल रहेका छन् भने स्कुटर पछाडि सवार सोही स्थानकी अन्दाजी ३०–३५ वर्षीया मिना रेग्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij