Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्ने बताए । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको उनले बताए ।

    AGNI GROUP

    गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए । यसअनुसार बिहीबार सभापतिहरूमा मनोनयन दर्ता हुन लागेको हो ।

    संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

    राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij