Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्गा प्रसाईँविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

दुर्गा प्रसाईँविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला सरकारी वकिल कार्यालयले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ९१० अनुसार कारबाहीको माग गरेको हो । यस व्यवस्थाअनुसार दोषी ठहर भएमा अधिकतम एक लाख रुपैयाँ जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

    AGNI GROUP

    अभियोजन पक्षले प्रसाईँले पटक-पटक यस्तै प्रकृतिको कसुर गरेको भन्दै दफा ४७ ९२० अनुसार थप सजायको माग पनि अघि सारेको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति दिलाउनुपर्ने मागसमेत गरिएको छ ।

    अभियोगपत्रअनुसार प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनबारे भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएका थिए । विशेषगरी २०८२ फागुन २१ मा हुने भनिएको निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन गरिए देश टुक्रिन्छ’ भन्ने जस्ता अभिव्यक्तिमार्फत समाजमा वैमनस्यता फैलाउने प्रयास गरेको आरोप लगाइएको छ । प्रहरी अनुसन्धानले उनले निर्वाचन आचारसंहिता २०८२ उल्लंघन गरेको पनि देखाएको छ ।

    त्यसैगरी, उनले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना नभएसम्म चुनाव हुन नदिने तथा चुनाव भए देशमा अशान्ति फैलिने चेतावनी दिएका भिडियोहरू फेसबुकमा सार्वजनिक गरेका थिए । ती सामग्रीमा ‘मर्न र मार्न तयार हुने’ जस्ता हिंसात्मक र उक्साहटपूर्ण शब्द प्रयोग भएको प्रमाणका रूपमा अदालतमा पेश गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij