Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ: अध्यक्ष ढकाल

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ: अध्यक्ष ढकाल

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार महासंघले ललितपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पहिले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटा नकारात्मक रहेकोमा अहिले दृष्टिकोण परिवर्तन हुँदै गएको र मुलुकको बिकासका लागि योगदान दिने क्षेत्रका रुपमा हेर्ने गरेको बताए ।

    AGNI GROUP

    अहिले दुई तिहाई नजिकको सरकारले समेत निजी क्षेत्रलाई संगै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएको उनले बताए । उनले रास्वपा नेतृत्वसंगको छलफलमा निजीले भोग्नुपरेको समस्यामा बारेमा जानकारी गराइएको उल्लेख  गरे  ।

    उहाले महासंघको साधारणसभाबाट नयाँ कार्यसमिति चयन चुनावी प्रक्रियाबाट हुने निश्चित भएको भन्दै चूनावी प्रक्रियालाई स्वच्छ बनाउन आग्रह गरे ।

    नयाँ कार्यसमिति चयनपछि एक भएर महासंघलाई अघि बढाउन उहाले आग्रह गरे। महासंघको ६० औं साधारणसभा सोमबारबाट सुरु हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij