Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले यस्तो माग गरेकी हुन्।
उनले सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर कायम गर्दै विपन्न र विद्यार्थीका लागि विशेष सहुलियत प्रणाली लागू गरियोस् र ढुवानी भाडा नियन्त्रण गर्न, गरिब, श्रमिक र मध्यम वर्गलाई लक्षित गरी विशेष राहत प्याकेज, नगद सहायता वा अत्यावश्यक उपभोग्य वस्तुमा सहुलियतको व्यवस्था गर्न माग गरिन्।
मूल्यवृद्धिको बहानामा भइरहेको कृत्रिम अभाव, कालाबजारी र कार्टेलिङ अन्त्य गर्न बजार अनुगमन कडा पार्न, धान रोपाइँलाई प्रभावित हुन नदिन स्थानीय तहसँग समन्वय गरी देशभर तत्काल मलको आपूर्ति र न्यायोचित वितरणको व्यवस्था मिलाउन माग गरिन्।
उनले भनिन्, ‘महँगी, अभाव र मलको हाहाकारले थलिएका जनताको छटपटीलाई राज्यले कम्तीमा सिंहदरबारभित्र महसुस गरोस्। राती भोकै चुलो निभाएर बस्न बाध्य परिवारको आँसु र मल नपाएर छटपटिएका नागरिकको वेदना, अनि अन्धकार भविष्य देखिरहेका युवाहरूको आक्रोशलाई यो सरकारले हल्का रूपमा नलियोस्। सरकारले तत्काल यी मागहरू पूरा गरोस्।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij