Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

खिचापोखरीबाट ६ करोड मूल्यको भेपसहित एक जना पक्राउ

खिचापोखरीबाट ६ करोड मूल्यको भेपसहित एक जना पक्राउ

  • काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-२२ बाट बिलबिजक नभएको इलेक्ट्रोनिक्स सिगरेट (भेप) बरामद गरेको छ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ६ करोड रुपैयाँ बराबरको उक्त भेप बरामदगरेको हो।

    AGNI GROUP

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार बिल बिजकबिनाको भेप बरामद हुँदा ललितपुर महालक्ष्मी नगरपालिका८ का ३२ वर्षीय नवीन खड्का पक्राउ परेका छन्।

    आरबी कम्प्लेक्सको अन्डरग्राउन्डमा सञ्चालन भएको स्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को भवनमा रहेको भेपमाण्डु ट्रेडर्स प्रालिका दुई वटा गोदाममा भेप राखिएको थियो।

    खड्काका अनुसार २८ हजार ५ सय थान भेपको बिजक नभेटिएकाले राति बरामद गरिएको हो।

    “भेप के कसरी ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ, कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरी सोधपुछ थालेका छौँ,” खड्काले भने।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij