Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पोखरा महानगरको बजेट पारित

पोखरा महानगरको बजेट पारित

  • काठमाडौं । पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित भएको छ । 

    onlinepatrika
    Arghakhachi

    बुधबार बसेको नगरसभाले सभामा प्रस्तुत ७ अर्ब १५ करोड २५ लाखको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो । महानगरले चालू वर्षभन्दा घटाएर बजेट प्रस्तुत गरेको थियो ।

    AGNI GROUP

    चालू वर्षका लागि ८ अर्ब ३५ करोड बजेट ल्याएकोमा अपेक्षाकृत आन्तरिक आम्दानी नभएपछि धेरै योजनाको भुक्तानी रोकिएको छ । ३ अर्ब १ करोड आन्तरिक आम्दानीको लक्ष्य लिइएकोमा १ अर्ब ४० करोड हाराहारी मात्रै उठ्ने देखिएको वित्त महाशाखाले जनाएको छ ।

    आगामी वर्ष आन्तरिक आम्दानी २ अर्ब ४८ करोड मात्रै प्रक्षेपण गरिएको छ । यो वर्ष भुक्तानी हुन नसकेका योजनालाई आगामी वर्ष नयाँ कार्यक्रमका रुपमा राखेर भुक्तानीको व्यवस्था मिलाइने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बताए ।

    पोखराले आगामी वर्षका लागि वडागत कार्यक्रम सञ्चालन गर्न ७२ करोड विनियोजन गरेको छ । पोखराका विभिन्न भौतिक पूर्वाधार निर्माणदेखि पर्यटन, सामाजिक विकास लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । पोखरा बसपार्क निर्माण र फिर्केखोला कोरिडोर व्यवस्थापन गर्ने दायित्व महानगरलाई बढेको छ ।

    बजेट पारित भएपछि मेयर धनराज आचार्यले सबैलाई धन्यवाद दिए । संविधान अनुसार नै निर्वाचन भए यो जनप्रतिनिधिको टोलीले ल्याउने यही नै अन्तिम बजेट हुनेछ । ‘सहमति, सहकार्य र साझा प्रतिबद्धताको भावनासहित पारित भएका नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध, सुन्दर, व्यवस्थित, हरित र नागरिकमैत्री पोखरा निर्माणमा हामी अझ बढी समर्पित रहनेछौं,’ आचार्यले भने । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij