Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

काठमाडौंमा ८ वटा ब्लू बस चल्ने

काठमाडौंमा ८ वटा ब्लू बस चल्ने

  • काठमाडौं । साउन १ गते देखि काठमाडौंमा महिलाका लागि ८ वटा ब्लू बस सञ्चालन गरिने, बस सेवा नि-शुल्क हुने

    onlinepatrika
    Arghakhachi

    सरकारले काठमाडौंमा पनि महिलाका लागि ब्लू बस चलाउने भएको छ । यो बसलाई साउन एक गते देखि सञ्चालनमा ल्याइने छ ।

    AGNI GROUP

    बस प्रारम्भिक चरणमा बुढानीलकन्ठबाट गोदावरीसम्म २ वटा, नागढुंगाबाट एयरपोर्टसम्म २ वटा तथा चक्रपथमा ‘क्लकबाइज’ र ‘एन्टी–क्लकवाइज’ २/२ वटा बस सञ्चालन हुने छ ।

    महिलाका लागि मात्रै तोकिएको उक्त बसमा महिलाहरु नि-शुल्क रुपमा चढ्न पाउनेछन् । बस सञ्चालनबापत लाग्ने खर्च सरकारले व्यहोर्नेछ।

    सुरुमा उक्त बस बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनको तयारी गरिएको छ । सरकारले साझा यातायातको रङ फेरेर ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij