Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई १० लाखसम्म जरिवाना र आपूर्ति रोक्का

पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई १० लाखसम्म जरिवाना र आपूर्ति रोक्का

  • काठमाडौं । नेपाल आयल निगमले अब उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिले ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ संशोधन गर्दै यस्तो कडा व्यवस्था लागू गरेको हो ।

    AGNI GROUP

    संशोधित नियमानुसार अब कसुरको प्रकृति हेरी व्यवसायीलाई अधिकतम १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्न सकिने स्पष्ट कानुनी आधार तयार भएको छ ।

    निगमले विनियमावलीको दफा २९ घ ९१० मा नयाँ प्रावधान थप गर्दै ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ व्यवस्था गरेको छ ।

    नयाँ नियमअनुसार पहिलो पटक कसुर गर्ने व्यवसायीलाई ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ । त्यसै गरी, दोस्रो पटक सोही कसुर दोहोरिएमा ६ लाख रुपैयाँ जरिवाना र १० दिन आपूर्ति बन्द हुनेछ भने तेस्रो पटक पनि उल्लङ्घन गरेमा १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ ।

    अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले गत मङ्गलवार निगमका डिपोहरूबाट इन्धन नउठाउँदा बुधवार देशभरिका पेट्रोलपम्पहरूमा तेलको हाहाकार मच्चिएको थियो ।

    अत्यावश्यक वस्तुको आपूर्तिमा यसरी असहजता पैदा हुँदा समेत तत्काल कारबाही गर्ने स्पष्ट कानुनी आधार नभएपछि मन्त्री यादवले निगमलाई तत्कालै कडा कदम चाल्न निर्देशन दिनुभएको थियो ।

    निगमका अनुसार यो संशोधित व्यवस्था लागू भएसँगै अब उचित कारणबिना पम्प बन्द गर्ने र उपभोक्तालाई सास्ती दिने प्रवृत्तिको पूर्ण रूपमा अन्त्य हुने विश्वास लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij