Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् । कोइरीलाई शुक्रबार जेल चलान गरिएको महोत्तरी प्रहरीले जानकारी दिएको हो ।
ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई विहिबार पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार विहिबार साँझ करिब ६ बजे जिल्लामहोत्तरीको गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट पूर्व सांसद कोइरीलाई पक्राउ गरिएको हो ।
२०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij