Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

घट्यो शेयर बजार, ४ अर्ब ४१ करोडको कारोबार

घट्यो शेयर बजार, ४ अर्ब ४१ करोडको कारोबार

  • काठमाडौं । शेयर बजार घटेर यो साताका लागि बन्द भएको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.३० अंकले घटेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५३.४० अंकमा झरेको छ । 

    AGNI GROUP

    समग्रमा बजार घटे पनि विकास बैंक, फाइनान्स, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ समूहमा हरियाली छाएको छ । बाँकी अरु समूह राताम्मे भए । 

    आज ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४ सय १ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५ सय ३७.०५ रुपियाँ बराबरको कारोबार भएको छ । 


    सानिगाड हाइड्रो, स्नो रिभर, कालंगा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १५, १४.९९, १४.९८, १४.९२ र ११.६३ प्रतिशतले नाफा कमाएका छन् । 

    त्यस्तै अपर लोहोरे हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १३.६५ प्रतिशतले घाटा व्यहोरेका छन्। 

    आज एग्रिकल्चर वण्डको उच्च कारोबार भएको छ । उक्त वण्ड ४३ करोड रुपियाँ बराबरको किनबेच भएको नेप्सेले जनाएको छ । 

    साताको पहिलो दिन सोमबार १६.५४ अंकले बजार घट्दा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९ सय ६५.३८ रुपियाँ, मंगलबार २४.६३ अंकले बजार घट्दा  ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४.१० रुपियाँ, बुधबार ४४.५९ अंकले बजार बढ्दा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४ सय १०।२६ रुपियाँ र हिजो बिहीबार ८.७८ अंकले बजार बढ्दा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७००.२८ रुपियाँ बराबरको कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij