Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ट्राफिक कारबाहीबाट एकै दिन पाँच लाख २८ हजार राजस्व संकलन

ट्राफिक कारबाहीबाट एकै दिन पाँच लाख २८ हजार राजस्व संकलन

  • काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    यसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ । 

    AGNI GROUP

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij