Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित नहरमा एक महिलाको शव फेला परेको छ ।
बिहीबार बिहान राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा परोहा नगरपालिका–५ की २४ बर्षीया मुस्कान खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बसन्त गौतमले जानकारी दिएका छन ।
शवलाई बाहिर निकालेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको डिएसपी गौतमले बताए । घटनाका ’दयगतमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत प्रनाउ गौतमले बताएका छन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij