Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

शिक्षा अधिकृतले अश्लिलता प्रदर्शन गरेको आरोपबारे रक्षा मन्त्रालय के भन्छ ?

शिक्षा अधिकृतले अश्लिलता प्रदर्शन गरेको आरोपबारे रक्षा मन्त्रालय के भन्छ ?

  • काठमाडौँ । नेपाल सरकारका एक शाखा अधिकृत सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेको आरोपमा चार दिनदेखि प्रहरी हिरासतमा छन् । उनले बाटो हिँड्दै गरेकी युवतीलाई आफ्नो गोप्य अङ्ग देखाएको आरोप छ ।

    onlinepatrika
    Arghakhachi

    बैतडी पाटन–७ घर भई हाल ललितपुर महालक्ष्मी–२, इमाडोल बस्ने ५५ वर्षिय सुरेन्द्र भट्टलाई प्रहरीले चार दिनअगाडि पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि ५ दिन म्याद थपिएको थियो । प्रहरीका अनुसार उनको अझै बयान भएको छैन ।

    AGNI GROUP

    भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रुपमा कार्यरत रहेको प्रारम्भिक सूचना प्राप्त भएको थियो । निजका विषयमा हामी शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यसँग बुझ्न खोज्यौं । आचार्यले भट्टको विषयमा आफूले सञ्चारमाध्यमबाट थाहा पाएको तर उनी रक्षा मन्त्रालयका अधिकृत भने नभएको बताए ।

    आचार्यले भने, ‘उहाँको दरबन्दी रक्षा मन्त्रालयमा छैन । समाचारहरु आएपछि मैले बुझ्दा उहाँ नेपाली सेनाले सञ्चालन गरिरहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय अन्तरगत पूर्वाधार निर्माण विकास समितको कार्यालयमा कार्यरत हुनुहुँदो रहेछ । उहाँको विषयमा अरु धेरै सूचना हामीसित छैन ।’

    पूर्वाधार निर्माण विकास समितिको कार्यालयले भट्टलाई निगरानीमा राखिरहेको आफूले जानकारी पाएको उनले बताए ।
    ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सम्बन्धित कार्यालयले पनि निगरानीमा राखेको जानकारी पाएको छु । प्रहरी प्रतिवेदन आएपश्चात मात्रै घटनाको वास्तविकता के हो भन्ने थाहा होला र तदनुरुप विभागीय कारवाहीको प्रक्रियामा जाला’, आचार्यले भने ।

    घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्नथरि विवरणहरु सार्वजनिक भएका छन् । भट्ट मधुमेहको रोगी भएको र गल्लीमा पिशाब फेर्दै गर्दा युवतीले देखेर भिडिओ खिच्न थालेपछि घटना भएको दावी गरिएको छ । यद्यपि प्रहरीले यसको खण्डन र समर्थन दुवै गरेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij