Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

  • काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबर्जस्ती सवारीसाधनमा चढाउने, झोला तथा सामान तानेर दुःख दिएको भन्ने गुनासोका आधारमा निगरानीसहितको अभियान सञ्चालन गरिएको थियो । सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

    AGNI GROUP

    कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये अधिकांश दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा र सुनसरीका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

    प्रवक्ता कार्कीले सर्वसाधारणलाई कुनै व्यक्ति वा समूहले अनावश्यक दुःख दिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको सहायता नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij