Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा ट्राफिक प्रहरीको कुनै संलग्नता नरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रष्टीकरण दिएको छ ।
उक्त घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ‘ट्राफिक प्रहरीले जरिवाना (फाइन) तिराएको कारण’ गणेशले आत्मदाहको प्रयास गरेको भनी आएका समाचार तथ्यहीन र भ्रामक रहकेो कार्यालयले जनाएको छ ।
एसपी नरेशराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ट्राफिक प्रहरीले निजलाई कुनै पनि प्रकारको जरिवाना नगरेको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध नरहेको तथ्य स्पष्ट पार्न चाहन्छौं ।’
घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीहरूबाट अनुसन्धान अघि बढिसकेको विज्ञप्तिमा उल्लेख छ । सत्यतथ्य नबुझी, आधिकारिक पुष्टिबिना सुरक्षा निकायको नाम जोडेर भ्रम सिर्जना गरिएको भन्दै ट्राफिकले आपत्ति जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij